काष्ठमण्डपको पुनर्निर्माण गर्न महानगरले दियो ५ करोड | Khabarhub Khabarhub

काष्ठमण्डपको पुनर्निर्माण गर्न महानगरले दियो ५ करोड


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माणका लागि थप पाँच करोड प्रदान गरेको छ ।

आज आयोजित कार्यक्रममा कामपा प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई ५ लाखको चेक हस्तानान्तरण गरे ।

काष्ठमण्डपलाई छिटो, मौलिकस्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य राजेश शाक्य नेतृत्वको समिति र कामपाबीच सहमति भएपछि गत वर्ष जेठ २९ गते काम थालनी गर्न कामपाले ५० लाख र त्यसै वर्ष असोज २७ गते थप पाँच करोड उपलब्ध गराइसकेको थियो ।

रकम हस्तान्तरण गर्दै कामपा प्रमुख शाक्यले गोरखा भूकम्पका कारण क्षति भएको र आफ्नो अधिकारक्षेत्र भित्रपर्ने सबै सम्पदाको पुनःनिर्माण आफ्नै कार्यकालमा सकिने बताए । ऐतिहासिक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी कामपाको हो भन्दै प्रमुख शाक्यले ३२ वटै वडाका वडाध्यक्षलाई सम्पदाको निर्माणमा जुट्न निर्देशन दिए ।

सो अवसरमा सङ्घीय संसद् सदस्य कृष्णगोपाल श्रेष्ठले महानगरको नेतृत्वमा उदाहरणीय काम भएको टिप्पणी गरे । यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुनःनिर्माणको करिब ५५ प्रतिशत काम समाप्त भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

काष्ठमण्डप पुनःनिर्माण कामपाको महत्वपूर्ण जिम्मेवारी भएको हुँदा महानगरकै नेतृत्वमा गठित निर्देशक समितिसँग नियमित छलफल र अन्तक्रिया गरी प्राप्त रायसुझावका आधारमा पुनःनिर्माण समितिले काम गरिरहेको छ ।

पुनःनिर्माणको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुखको अध्यक्षतामा उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो ।

अघिल्लो कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ ।

गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकाले कामपाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । चार वर्षभित्र निर्माण सक्ने गरी काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ ।

नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १० : ३३ बजे

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को टोली मुस्ताङमा

गण्डकी– नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि जारी ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया

एन्सेलोटीले रियल म्याड्रिड छाडेर ब्राजिलको राष्ट्रिय टोली हेर्ने  

रियो द जेनेरियो– ब्राजिलको राष्ट्रिय टोली सम्हाल्नका लागि कार्लोस एन्सेलोटीले

दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज