साउनमा विग्रिएको स्याफ्रुबेँसी–मैलुङ राजमार्गको अवरोध हट्यो « Khabarhub

साउनमा विग्रिएको स्याफ्रुबेँसी–मैलुङ राजमार्गको अवरोध हट्यो


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– गत साउन–भदौको वर्षाका कारण अवरूद्व स्याफ्रुबेँसी–मैलुङ खण्डको नयाँ राजमार्गको अवरोध हटाउने कार्य बुधबार साँझ सम्पन्न भएको छ ।

गल्छी–त्रिशुली, मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका इञ्जिनीयर तुलाकान्त चौधरीका अनुसार स्याफ्रुबेँसी नजिक छोकलदेखि मैलुङसम्म नेपाली सेनाले गत वर्ष खोलेको १७ किलोमिटर राजमार्ग सतहमा वर्षाको पहिरोले ल्याएका ठूलाठूला ढुङ्गा विस्फोटन गराई स्काभेटरको सहायताले अवरोध हटाई साना तथा मझौला सवारीसाधन सञ्चालन गरिएको हो ।

नेपाली सेनाले डबल लेनको ट्र्याक खोली गत वर्षको वैशाख ६ गते सडक विभागअन्तर्गत रहेको सडक सुधार आयोजनालाई बुझाए पनि नाली तथा ठाउँठाउँको टेवा पर्खाल निर्माण एवं कालोपत्र गरी मजबुत पार्ने काम बाँकी हँुदै वर्षायाम शुरु हुँदा नयाँ ‘कटिङ’ स्थानका कमजोर भूभागमा अनगिन्ती पहिरो गई पुरिएका सडक सतह खुला गरिएको बताइएको छ ।

स्याफ्रु–मैलुङखण्ड राजमार्गमा नेपाली सेनाले ट्र्याक खोलेपछि परीक्षणबाहेक यसभन्दा अघि अन्य सवारीसाधन नगुडेको सडक सुधार आयोजनाले जनाएको छ । सडकको अवरोध हटाउन यही फागुन २१ गतेबाट विस्फोटन शुरू गरिए पनि २४ गते अपराह्न गएको सुक्खा पहिरोका कारण कम्प्रेसर मेसिन क्षति भई काबुभन्दा बाहिरको परिस्थिति सिर्जना हँुदा ट्र्याक खोल्ने काम केही दिन ढिलो भएको कार्यरत प्राविधिकले बताएका छन् ।

विस्फोटक पदार्थको सहायताले सडक सतहका ढुङ्गा विस्फोटन गराउन नेपाली सेनाको कालीजङ्ग गणले उल्लेखनीय सहयोग पु¥याएको सडक सुधार आयोजनाले जनाएको छ । गोसाइँकुण्डको त्रिशूलधाराबाट उत्पत्ति भई सानो आकारले बग्ने धुञ्चे पुछारको त्रिशूली नदीमा भने ग्रेगर ढुङ्गाले पुरी यातायातका साधन सञ्चालनको व्यवस्था मिलाइएको बताइएको छ ।

स्याफ्रुबेँसी–मैलुङ १७ किमी राजमार्गको मैलुङ र धुञ्चे पुछारको त्रिशूली नदीमा पक्की पुल, ठाउँठाउँको छेउ तथा कुनातर्फको मेसिनरी तथा ग्याबिन पर्खाल निर्माण र कालोपत्रका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहित बोलपत्रको प्र्र्क्रिया अगाडि बढिसकेको प्राविधिकले बताएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ११ : ३४ बजे

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र