बिजुलीको पोल सार्न २५ हजार घुस माग्ने कर्मचारी रंगेहात पक्राउ « Khabarhub

बिजुलीको पोल सार्न २५ हजार घुस माग्ने कर्मचारी रंगेहात पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको काठमाडौंको कुलेश्वरस्थित वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग लिएको २५ हजार घुससहित २ जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ज्यालादारीमा कार्यरत कर्मचारी कृष्ण मुरारी चौधरी र बिजुलीको पोल गाड्ने काम गर्ने पुरुषोत्तम दाहाल छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–१४ स्थित गुडफुड तन्दुरी पसल अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : २५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको