दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ « Khabarhub

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले गुरुङलाई पक्राउ गरिएको पुष्टि गरे ।

‘उहाँ (गुरुङ)विरुद्ध बैंकिङ्ग कसुर र ठगीसँग सम्बन्धित उजुरीहरु परेका छन् । अहिले हामीले बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ डिएसपी केसीले खबरहबसँग भने, ‘उहाँले १ जना व्यक्तिबाट सामान किनेर नगद पैसा नदिइ चेक दिएको र चेक पनि बाउन्स भएको भेटिएको छ ।’

प्रहरीले गुरुङलाई पोखराको गैरापाटनबाट पक्राउ गरेको हो ।

गुरुङले बुधबार मात्रै दीपक मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङ्गेले गुरुङमाथि हातपात गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  २ : ४८ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि