दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ « Khabarhub

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले गुरुङलाई पक्राउ गरिएको पुष्टि गरे ।

‘उहाँ (गुरुङ)विरुद्ध बैंकिङ्ग कसुर र ठगीसँग सम्बन्धित उजुरीहरु परेका छन् । अहिले हामीले बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ डिएसपी केसीले खबरहबसँग भने, ‘उहाँले १ जना व्यक्तिबाट सामान किनेर नगद पैसा नदिइ चेक दिएको र चेक पनि बाउन्स भएको भेटिएको छ ।’

प्रहरीले गुरुङलाई पोखराको गैरापाटनबाट पक्राउ गरेको हो ।

गुरुङले बुधबार मात्रै दीपक मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङ्गेले गुरुङमाथि हातपात गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  २ : ४८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर