दीपक मनाङ्गेलाई २ दिन हिरासतमा राख्न अनुमति « Khabarhub

दीपक मनाङ्गेलाई २ दिन हिरासतमा राख्न अनुमति


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)लाई अनुसन्धानका लागि २ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

अभद्र व्यवहारको कसुरमा बिहीबार पक्राउ परेका मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला अध्यक्ष मिलन गुरुङको उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको थियो ।

प्रहरीले मनाङ्गेविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

यसैबीच, मनाङ्गेविरुद्ध उजुरी दिने गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ्ग कसुर तथा ठगी गरेको उजुरीका आधारमा प्रहरीले शुक्रबार गुरुङलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : १९ बजे

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार