अध्ययन र भ्रमणका नाममा पाँच महिनामा नेपालबाट बाहिरियो साढे ३१ अर्ब « Khabarhub

अध्ययन र भ्रमणका नाममा पाँच महिनामा नेपालबाट बाहिरियो साढे ३१ अर्ब


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्ययन र भ्रमणका लागि विदेश जाने नेपालीबाट हुने खर्चमा केही कमी आएको छ । गत आर्थिक वर्षको यही अवधिको भन्दा यस वर्ष विदेशिने नेपालीले गर्ने खर्चमा कमी आएको राष्ट्र बैंकको एक तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक बर्षको पाँच महिनामा नेपालीले विदेश घुम्न र उच्च शिक्षा अध्ययनमा ३१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सो अवधिमा नेपालबाट विभिन्न मुलुकमा (आउट बोन) पर्यटकीय भ्रमण लगायत अन्य भ्रमणकै लागि जानेहरूबाट मात्र १६ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ ।

हाल नेपालीहरूको थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र युरोपलगायत देशमा टुर प्याकेज नै बनाएर भ्रमण गर्ने क्रम बढेको छ । जसका कारण नेपालबाट यति छोटो समयमै १६ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको हो ।

गत वर्ष विदेश भ्रमणमा अझ यो भन्दा पनि धेरै रकम बाहिरिएको थियो । गत वर्षको सोही अवधिमा कुल १९ अर्ब २० करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टका अनुसार पछिल्लो समय नीतिगत कडाइका कारण विदेशीने र उनीहरुले गर्ने खर्चमा कमी आएको छ ।

केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालू आर्थिक बर्षको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ ।

यसैगरी, उच्च शिक्षा अध्ययनका लागि वितेका पाँच महिनाको अवधिमा कुल १४ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ ।

गत वर्ष उच्च शिक्षामा अझ यो भन्दा पनि धेरै रकम बाहिरिएको थियो । गत आर्थिक वर्षको पाँच महिनामा २२ अर्ब १४ करोड रुपैयाँ उच्च शिक्षाका लागि विदेशिएको थियो ।

उच्च शिक्षाका लागि नेपालीले अस्ट्रेलिया, क्यनाडा, अमेरिका, भारत, चीन, जापान लगायत देशलाई प्राथमिकतामा राख्ने गरेका छन् ।

सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको र राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएकाले विदेश घुमघाम र अध्ययनका लागि बाहिरिने नेपालीको खर्च घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले हाल विदेशी मुद्रा सटही सुविधामा केही कडाइ गरेको छ ।

पछिल्लो समय सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी सम्बन्धित मातहतका मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ  । जसका कारण पनि विदेशमा अध्ययन र भ्रमण गर्न जानेको संख्या केही घटेको हो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : ५२ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ