नेदरल्याण्डसका १९ वर्षे स्ट्राइकर एर्लिङले बनाए नयाँ कीर्तिमान « Khabarhub

नेदरल्याण्डसका १९ वर्षे स्ट्राइकर एर्लिङले बनाए नयाँ कीर्तिमान


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मन बुण्डेस लिगा क्लब बोरुसिया डर्टमुण्डबाट खेल्दै आएका नेदरल्याण्डसका १९ वर्षे स्ट्राइकर एर्लिङ ब्राउत हाल्याण्डले उत्कृष्ट प्रदर्शनको क्रम जारी राखेका छन् ।

उनी बुण्डेस लिगाका आफ्नो शुरुको दुई खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेका छन् । गएको हप्ता ५६ औँ मिनेटमा रिप्लेसमेन्टको रुपमा मैदान छिरेर बुण्डेस लिगामा डेब्यु गरेका उनले औग्सबर्गसँगको खेलमा ह्याट्रिक गरे ।

त्यसपछि उनले शुक्रबार राति भएको खेलमा थप दुई गोल गरेका छन् । घरेलु मैदानमा भएको खेलमा उनको दुई गोलको सहयोगमा बोरुसिया डर्टमुण्डले एफसी कोल्नलाई ५–१ ले पराजित गरेको छ ।

हाल्याण्डले ७७ र ८७ औँ मिनेटमा गोल गरेका हुन् । त्यसअघि गुएइरोले पहिलो मिनेट, रेउसले २९ औँ तथा सान्चोले ४८ औँ मिनेटमा गोल गरेका थिए । एफसी कोल्नका लागि ६४ औँ मिनेटमा उथले एक गोल फर्काए ।

हाल्याण्ड यहि महिना रेड बुल साल्ज्बर्गबाट बोरुसिया आएका हुन् । यो सिजनको आधा समयमा रेड बुलका लागि २२ खेलमा २८ गोल गरे । यसमध्ये च्याम्पियन्स लिगका ६ खेलमा ८ गोल समावेश छन् ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ३७ बजे

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कञ्चनपुर– थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व

एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ– स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली

ट्रम्पमाथि खामेनीको चेतावनी : तानाशाह र घमण्डी शासकको एकदिन अन्त्य हुनेछ

तेहरान– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड