तस्वीरमा हेर्नुहोस्, टुँडिखेलमा सोनाम ल्होसारको रौनक « Khabarhub

तस्वीरमा हेर्नुहोस्, टुँडिखेलमा सोनाम ल्होसारको रौनक


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुभर रहेका तामाङ समुदायले सोनाम ल्होसार भव्य रुपमा मनाएका छन् ।

ल्होसारका अवसरमा काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । अन्य ठाउँमा भन्दा काठमाडौंको रौनक केही पृथक थियो ।

आफ्नो मौलिक परम्परामा सजिएका युवायुवतीहरु सेल्फी र नाचगानमा व्यस्त रहेका थिए ।

सुँगुर वर्षलाई विदाइ गरेर मुसा वर्षालाई स्वागत गरेर सोनाम ल्होसार पर्व मनाइएको हो । चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गर्छन् ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ ।

यो २८५६ औँ सोनाम ल्होछार हो । लोसारका अवसरमा मंगलबार काठमाडौंको टुंडिखेलमा कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ५ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना