तस्वीरमा हेर्नुहोस्, टुँडिखेलमा सोनाम ल्होसारको रौनक « Khabarhub

तस्वीरमा हेर्नुहोस्, टुँडिखेलमा सोनाम ल्होसारको रौनक


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुभर रहेका तामाङ समुदायले सोनाम ल्होसार भव्य रुपमा मनाएका छन् ।

ल्होसारका अवसरमा काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । अन्य ठाउँमा भन्दा काठमाडौंको रौनक केही पृथक थियो ।

आफ्नो मौलिक परम्परामा सजिएका युवायुवतीहरु सेल्फी र नाचगानमा व्यस्त रहेका थिए ।

सुँगुर वर्षलाई विदाइ गरेर मुसा वर्षालाई स्वागत गरेर सोनाम ल्होसार पर्व मनाइएको हो । चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गर्छन् ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ ।

यो २८५६ औँ सोनाम ल्होछार हो । लोसारका अवसरमा मंगलबार काठमाडौंको टुंडिखेलमा कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ५ : ५५ बजे

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा