प्रदेश ५ को नाम र राजधानी सहमतिका आधारमा : मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रदेश ५ को नाम र राजधानी सहमतिका आधारमा : मुख्यमन्त्री पोखरेल


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सहमतिका आधारमा प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने बताएका छन् ।

प्रेस सङ्गठन नेपाल, प्रदेश नं ५ को प्रथम भेलालाई बुटवलमा शनिवार सम्बोधन गर्दै उनले प्रदेशको नाम र राजधानीका विषयमा मुख्यमन्त्रीको निजी विचार नभएको दाबी गरे ।

राजधानीका लागि साझा मनोविज्ञानको निर्माण आवश्यक भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञानलाई परिवर्तन गर्न जरुरी भएको औँल्याए ।

उनले प्रदेशका जनताको राय र प्रदेशसभाका सदस्यको कार्यदेश आधारमा प्रदेशसभाको नाम र राजधानीका विषयमा सर्वसम्मत निर्णय हुने जानकारी दिँदै त्यस्तो हुन नसके प्रक्रियामा गई सहमतिकै आधारमा टुङ्गो लाग्ने बतए ।

मुख्यमन्त्री पोखरेलले भने, “अब विद्रोहको मानसिकतालाई परिवर्तन गरेर अघि बढ्न जरुरी छ ।”

सो अवसरमा पार्टीका इञ्चार्ज राजेन्द्र गौतम, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, सङ्गठनका नेता राजेन्द्र अर्याल, मनोज घर्तीमगर, मौसम रोका, अमृत गिरी लगायतले सङ्गठनको काँधमा अवसर र चुनौती भएको बताए ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ९ : ३५ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार