प्रदेश ५ को नाम र राजधानी सहमतिका आधारमा : मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रदेश ५ को नाम र राजधानी सहमतिका आधारमा : मुख्यमन्त्री पोखरेल


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सहमतिका आधारमा प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने बताएका छन् ।

प्रेस सङ्गठन नेपाल, प्रदेश नं ५ को प्रथम भेलालाई बुटवलमा शनिवार सम्बोधन गर्दै उनले प्रदेशको नाम र राजधानीका विषयमा मुख्यमन्त्रीको निजी विचार नभएको दाबी गरे ।

राजधानीका लागि साझा मनोविज्ञानको निर्माण आवश्यक भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञानलाई परिवर्तन गर्न जरुरी भएको औँल्याए ।

उनले प्रदेशका जनताको राय र प्रदेशसभाका सदस्यको कार्यदेश आधारमा प्रदेशसभाको नाम र राजधानीका विषयमा सर्वसम्मत निर्णय हुने जानकारी दिँदै त्यस्तो हुन नसके प्रक्रियामा गई सहमतिकै आधारमा टुङ्गो लाग्ने बतए ।

मुख्यमन्त्री पोखरेलले भने, “अब विद्रोहको मानसिकतालाई परिवर्तन गरेर अघि बढ्न जरुरी छ ।”

सो अवसरमा पार्टीका इञ्चार्ज राजेन्द्र गौतम, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, सङ्गठनका नेता राजेन्द्र अर्याल, मनोज घर्तीमगर, मौसम रोका, अमृत गिरी लगायतले सङ्गठनको काँधमा अवसर र चुनौती भएको बताए ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ९ : ३५ बजे

इजरायलसँगको सम्बन्ध सुधारविना साउदीलाई -परमाणु प्रविधि नदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको परमाणु सहकार्य

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो