लागुपदार्थका हजारौँ चक्की लुकाइएको गाडी झुक्किएर लिलाम भएपछि… « Khabarhub

लागुपदार्थका हजारौँ चक्की लुकाइएको गाडी झुक्किएर लिलाम भएपछि…


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– थाइल्यान्डमा लागुपदार्थको प्रयोग र ओसारपसार नियन्त्रण गर्ने सरकारी निकायले ठूलो परिमाणमा लागुपदार्थ राखेको एउटा गाडी झुक्किएर आफूले लिलाम गरेको पत्ता लागेपछि क्षमायाचना गरेको छ ।

उक्त गाडीमा एम्फेटमीन नामक लागुपदार्थका हजारौँ चक्की लागुपदार्थको प्रयोग र ओसारपसार नियन्त्रण गर्ने सरकारी निकायले लुकाएर राखेको बीबीसीले जनाएको छ ।

गत वर्ष बरामद गरिएको होन्डा सीआर‍-भी मोडलको कार झन्डै १९,००० डलर मूल्यमा बेचिएको थियो । ग्यारेजमा मर्मतसम्भारका लागि लगिँदा एक मिस्त्रीले उक्त कारको बम्परमा ९४,००० वटा चक्की फेला पारे ।

ब्याङ्कक पोस्ट पत्रिकाले अफिस अफ नार्कोटिक्स कन्ट्रोल बोर्डका महासचिव नियम तेम्स्रिसुखलाई उद्धृत गर्दै नियमानुसार उक्त गाडीको पनि खानतलासी गरिएको तर त्यतिबेला उक्त लागुऔषध फेला नपरेको जनाएको छ ।

एम्फेटमीन र क्याफीन मिसाएर बनाइएको ‘याबा’ नामक लागुपदार्थका चक्कीहरू बम्परपछाडि बाकसहरूमा लुकाइएको थियो ।

गत वर्ष चियङ राई प्रान्तमा बरामद उक्त गाडीभित्र एक लाखवटा त्यस्ता चक्की भेटिएको थियो ।

अधिकारीहरूका अनुसार अहिले फेला परेका चक्की सो मुद्दाको दसीका रूपमा रहनेछन् । तेम्स्रिसुखका अनुसार गाडी किन्ने व्यक्ति र मिस्त्रीलाई पुरस्कृत गरिनेछ ।

उक्त लागुपदार्थ म्यान्मारबाट थाईल्यान्ड तस्करी हुन्छ । रातो वा गुलाफी रङ्गमा उपलब्ध हुने चक्कीहरू सस्तो मूल्यमा बेचिन्छ ।

थाई अधिकारीहरूले सन् २०१८ मा ५१ करोड ६० लाखवटा त्यस्ता चक्की जफत गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : २७ बजे

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

म्याग्दीको मुदी गाउँमा धौलागिरि आरोहण दिवस मनाइँदै

गण्डकी– संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट

काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम हुँदै

काठमाडौँ– श्रीमद्भगवद् ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने नाराका

दूरसञ्चारको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष