भोजपुरी सिनेमाका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउँदै « Khabarhub

भोजपुरी सिनेमाका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउँदै


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–भोजपुरी सिनेमा तथा गायन क्षेत्रका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउने भएका छन् ।

कलाकारहरु दिनेशलाल यादव’निरहुआ’, अम्रपाली दुबे तथा ईन्दु सोनाली सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि नेपाल आउने भएका हुन् । निरहुआ भारत, उत्तर प्रदेशका वासिन्दा हुन् ।

रौतहटको मौलापुर नगरपालिका-५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा फागुन ५ र ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मधानी महायज्ञ २०७६ को आयोजना हुन गइरहेको छ ।

मौलापुर नगरपालिकाले आयोजना गरेको सो महायज्ञको अवसरमा हुने सांस्कृतिक कार्यक्रममा उनीहरुको प्रस्तुति रहने महायज्ञको सह-आयोजक एसराज प्रोडक्सन्सले जनाएको छ ।

कलाकारत्रय निरहुआ, दुबे तथा सोनालीले सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाउनु आफुहरुका लागि खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  २ : ५८ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान