सभामुखको शपथ ११ बजे « Khabarhub

सभामुखको शपथ ११ बजे


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको पद तथा गोपनियताको शपथग्रहण आज हुँदैछ ।

राष्ट्रपति कार्यालय शितल निवासमा हुने एक समारोहकाबीच सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनेछिन् । राष्ट्रपतिले सभामुखलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।

विहान ११ बजेका लागि तय भएको शपथग्रहणको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रपतिका प्रमुख स्वकिय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए ।

प्रतिनिधि सभाको आइतबारको बैठकले सभामुखमा अग्‍निप्रसाद सापकोटालाई निर्विरोध निर्वाचित गरेको थियो । यौन दूर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्ण बहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त रहँदै आएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ९ : ५७ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय