रसुवा नाकाबाट अब झोला र पोकामा सामान ल्याउन नपाइने | Khabarhub Khabarhub

रसुवा नाकाबाट अब झोला र पोकामा सामान ल्याउन नपाइने


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध लगाइको छ ।

भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइएको हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको बताए । उनले शुल्क नतिरी ल्याइएका सबै खाले झोले पोके व्यापारीको सामान जफत गरिने पनि बताए ।

स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयातनिर्यातको गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न कार्यालयले आग्रह समेत गरेको छ ।

सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बिना इजाजतका झोले पोके व्यापारी नियन्त्रण गरिने बताए । यही माघ १० गतेसम्म आयातनिर्यात भएका सामग्रीबाट भन्सार शुल्क कूल १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार राजश्व आर्जन भएको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सरकारले निर्धारण गरेका भन्सार शुल्क बुझाउन व्यापारीलाई आग्रह गर्दै राजश्व सङ्कलनमा अह्रोरात्र योगदान दिने भन्सार कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए ।

सोही कार्यक्रममा राजश्व सङ्कलनमा सहयोग पुर्‍याउनु हुने भन्सार अधिकृत विष्णुकुमार श्रेष्ठलाई सर्वाेकृष्ट कार्यालय सहयोगी धनबहादुर तामाङलाई पुरस्कृत गरिएको थियो ।

यस्तै नेपाल र चीनबीच आइतबार रसुवागढीमा कोरोना भाइरस रोगथामसम्बन्धी छलफल सम्पन्न भएको छ । सीमा क्षेत्रमा त्यस्ता रोग लागेका व्यक्तिलाई आवतजावतमा रोक लगाउने, अस्पताल पठाउने र शङ्कास्पद व्यक्ति देखिएमा रसुवागढीमा रहेको हेल्थडेस्कमार्फत परीक्षण गराउने व्यवस्था मिलाइएको प्रजिअ भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ११ : ०३ बजे

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

बेइजिङ- उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य

कलाकार हैन पत्रकार लिएर जान्छन् ‘हल भिजिट’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध

काठमाडौं – आईएनआई सिनेमाज चेन अन्तर्गतका हलहरुमा व्यवसायिक शोमा क्यामेरा

हिम स्टार ऊर्जाको शेयर नेप्सेमा सूचिकृत, कहिलेबाट आउँछ कारोबार ? 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको

चिनियाँ सैन्य परेडमा एकसाथ देखिँदै ओली, किम र पुटिन

काठमाडौं– जापानी आक्रमणविरुद्ध प्राप्त सफलताको ८०औँ वार्षिकोत्सवको अवसर पारेर चीनले

मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै

सिरहा– पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा