सरकारले विप्लवलाई भन्यो– अडान छोड्नुस् ‘रेड कार्पेट’मा स्वागत गर्छौं « Khabarhub

सरकारले विप्लवलाई भन्यो– अडान छोड्नुस् ‘रेड कार्पेट’मा स्वागत गर्छौं


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपालाई अडान छाडेर सहमतिमा आउने भए रेड कार्पेटमा स्वागत गर्ने बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री बाँस्कोटाले बारुदको गन्ध चलेको कसैले हेर्न नचाहाने भन्दै विप्लव समूहलाई वार्तामा आउन आग्रह गरे ।

‘बारुदको गन्द चलेको कोही पनि हेर्न चाहँदैन । कर्कस, चित्कार, हिंसा, ज्यादति, अशान्ति कसैले सहन सक्दैन,’ उनले भने ‘अहिले पनि विप्लव समूहलाई निषेध गर्ने भन्ने होइन । आउनुहोस् रातो कार्पेट ओछ्याएरै स्वागत गर्न तयार छौं । तर उहाँका अडानले त्यो अवस्था देखाउँदैन । शान्ति, स्थिरता चाहिन्छ भने सवै सहनुपर्छ ।’

उनले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्य निर्वाह गरेको बताए ।  त्यस्तै, सैन्य दस्ता र क्षमताका विषयमा सुरक्षा निकायले अनुमान गरिरहेको बताए । विप्लवमाथि प्रतिबन्ध लगाउने विषयमा सत्तारुढ दलभित्र सल्लाह नभएको भन्ने विषयमा छलफल जारी रहेको र राजनीति भनेकै निरन्तर प्रक्रिया रहेको बताए ।

त्यस्तै, विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्धका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठिकै भो भनिसके अवस्थामा अन्य दलहरुले आ–आफ्नै धारणा राख्नु स्वभाविक भएको मन्त्री बास्कोटाले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : ०० बजे

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका