एमसीसीबारे बहस भइरहेको छ, हतार गर्नु पर्दैनः सापकोटा « Khabarhub

एमसीसीबारे बहस भइरहेको छ, हतार गर्नु पर्दैनः सापकोटा


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे बहस भइरहेको भन्दै निर्णयका लागि हतार गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

सोमबार पदभार ग्रहण गर्दै सभामुख सापकोटाले एमसीसीबारे बहस जारी रहेको बताउँदै बहस छेडिएपछि निचोडमा पुग्ने भन्दै अहिले हतार गर्नु नपर्ने जनाएका हुन् ।

‘जब बहस छेडिन्छ तब निचोड तिर पुग्छ, अध्ययन गर्दै जाउ न, अहिले किन हतार गर्नुपर्यो‍’सापकोटाले भने,‘बढी बल्नु मनासिव होइन । त्यो निरुपण हुँदै जान्छ ।’

आफूविरुद्ध सर्वोच्च अदालतमा रहेको रिटका बारेमा उनले अदालतमा रहेको प्रक्रियाका बारेमा धेरै बोल्नु अनावश्यक हुने बताए । कतिपयले उठाएका प्रश्नहरु निरुपण हुँदै जाने उनले बताए । उनले भने,‘त्यो प्रक्रिया अहिले अदालतमा छ, त्यसबारेमा अहिले बढि बोल्नु मनासिव हुँदैन ।’
संसदमा कसरी चलाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘ समग्र रुपमा यसलाई जीवन्त र जनताले चुनेका प्रतिनिधिले लोकतान्त्रिक वातावरणमा छलफल गरेका छन् र निचोड निकाल्छन् भन्ने आशा जगाउने गरी काम गर्छु ।’

प्रधानमन्त्री भेट्न दौडेर गएका कारण तपाई प्रधानमन्त्रीप्रति वा सरकारप्रति बढी जवादेहि हुने आशंका देखिएको भन्ने प्रश्नमा उनले भने,‘संसदको हिजोको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित हुनुहुन्थ्यो, आज मैले सपथ गरे, आजदेखि म पूर्ण रुपमा साझा भए, हिजोसम्म त मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष पनि भएका कारणले उहाँबाट बधाई लिन शुरु गर्न खोजें, यो स्वभाविक पनि छ । मैले कांग्रेस उपसभापतिजीसँग पनि भेटें ।’

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ५० बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन