साताको दोस्रो दिन नेप्से दोहोरो अंकले वृद्धि | Khabarhub Khabarhub

साताको दोस्रो दिन नेप्से दोहोरो अंकले वृद्धि


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार दोहोरो अंकले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार नेप्से झण्डै २४ अंकले वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ ।

नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीको २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ १८.०१, व्यापार ३४.५९, होटल ८३.३२, विकास बैंक ४३.८१, जलविद्युत् १९.५१, वित्त २.८६, निर्जीवन बीमा १४९.७६, उत्पादन ९.८६, अन्य ५.१५, लघुवित्त ६६.४३, जीवन बीमा १७४.०३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड १४ लाख २८ हजार ४६९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै ग्लोबल आइएमई बैंक रु पाँच करोड २६ लाख ५७ हजार ७२९, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु चार करोड ६८ लाख ३४ हजार २७, एनआइसी एशिया रु दुई करोड ७० लाख ४९ हजार ८६२, प्राइम बैंक रु दुई करोड ५९ लाख ५० हजार र गुराँस लाइफ इन्स्योरेन्स रु दुई करोड ५१ लाख ७० हजार ७४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार समिट लघुवित्त ७.७९, नेरुडे लघुवित्त विकास बैंक ७.६३, फष्ट माइक्रोफाइनान्स ७.०२, आशा लघुवित्त वित्तीय संस्था ७.०१, गुराँस लघुवित्त ६.९९ र गरिमा विकास लघुवित्तका शेयरधनीले ६.७१ प्रतिशतले कमाए । यस्तै जोशी हाइड्रोपावर ३.०७, युनाइटेड फाइनान्स २.७६, दिव्यश्वरी हाइड्रोपावर १.९६, समृद्धि फाइनान्स १.९० र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले १.३३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ४ : ३७ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार