दयाहाङ, पल र वर्षालाई लिएर ‘दुई नम्बरी’ बनाउँदै दिपेन्द्र « Khabarhub

दयाहाङ, पल र वर्षालाई लिएर ‘दुई नम्बरी’ बनाउँदै दिपेन्द्र


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा चलचित्र ‘२ नम्बरी’को बन्ने भएको छ । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ‍औपचारिक घोषणा गरियो ।

निर्माण टिमका अनुसार फिल्मले २ साथीको कथा पस्किनेछ । पहिलोपटक दयाहाङ राई र पल शाहले यही फिल्मबाट एकसाथ काम गर्दैछन् । चलचित्रको शीर्ष भूमिकामा नायिका वर्षा राउत र बुद्धि तामाङको पनि अभिनय रहनेछ ।

निर्देशक लामाले एक गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्ने बताए । चलचित्रले दुई नम्बरी कामलाई पनि उठाउने उनले बताए ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले पनि चलचित्रको कथा मन परेपछि आफू काम गर्न तयार भएको प्रतिक्रिया दिए । यता पल शाहले पनि कथाले आफूलाई तानेको भन्दै थपे ।

रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।

किरण नेपालीको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपालीको लगानी रहनेछ । यस्तै चलचित्रमा  अमलादेवी राई सह–निर्माण रहनेछ ।

सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहने यो चलचित्रको छायांकन माघको २५ गतेबाट थालिने जनाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : ५४ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल