'कोरोना भाइरस'को संक्रमण रोक्न त्रिभुवन विमानस्थलमा 'उच्च सतर्कता' | Khabarhub Khabarhub

‘कोरोना भाइरस’को संक्रमण रोक्न त्रिभुवन विमानस्थलमा ‘उच्च सतर्कता’


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको संक्रमण रोक्न तथा देशमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ ।

‘थर्मल स्क्यान’ यन्त्र जडान गरेर विदेशबाट काठमाडौं आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने क्रममा ज्वरो आए-नआएको हेर्ने गरिएको छ।

विमानस्थललाई ‘उच्च सतर्कता’मा राख्दै कर्मचारीहरूलाई मास्क वितरण गरिएको र ‘कोरोना भाइरस’को जोखिमबाट बच्ने उपाय सिकाइएको छ ।

चीनमा ८० भन्दा बढीको ज्यान लिइसकेको ‘कोरोना भाइरस’बाट अहिलेसम्म ३ हजार भन्दा बढी सङ्क्रमित भएको पुष्टि भइसकेको छ।

नेपालमा पनि ‘कोरोना भाइरस’को सङ्क्रमण भएका व्यक्ति फेला परेको पुष्टि भएसँगै विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई प्रभावकारी बनाइएको हो ।

त्रिभुवन विमानस्थलमा २०७० सालदेखि यात्रुको स्वास्थ्यको जाँच गर्न र उनीहरूले सरुवा रोग भित्र्याए-नभित्र्याएको निगरानी गर्न एउटा विशेष हेल्थ डेस्क राखिएको छ।

विमानस्थलको यात्रु प्रवेश कक्षमा केही वर्षअघि अफ्रिकाबाट इबोला भाइरस भित्रिन सक्ने जोखिम कम गर्न स्थापना गरिएको स्वास्थ्य डेस्कमार्फत् नै ‘कोरोना भाइरस’ सङ्क्रमण फैलिने जोखिम घटाउने प्रयास तीव्र बनाइएको छ।

डेस्कका अतिरिक्त विमानस्थलको यात्रु आगमन कक्षमा यात्रुलाई ज्वरो आए-नआएको मापन गर्ने थर्मल स्क्यान समेत जडान गरिएको डेस्कका संयोजक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका गोपाल पाण्डेले जानकारी दिए ।

उनले विदेशबाट आउने सबै यात्रुलाई अनिवार्य थर्मल स्क्यानमा मापन गराएर मात्रै नेपाल भित्रिन अनुमति दिने गरेको बताए । उनले भने, ‘चीनबाट आउनेलाई विशेष नगरानी गरेका छौं, हामीसँग अहिले स्रोत र साधनको कमी छैन।’

पाण्डेका अनुसार शङ्का लाग्नेबित्तिकै बिरामी यात्रुलाई अन्य यात्रुबाट अलग गराउने गरिएको छ।

उनले भने, “कसैलाई ‘कोरोना भाइरस’ सङ्क्रमण भएको शङ्का लागेमा हामीले बिरामी यात्रुलाई फरक बाटोबाट बाहिर लगेर टेकु अस्पताल पुर्‍याउने गरेका छौँ।”

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ६ : २९ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित