सुर्खेत तनावग्रस्तः प्रहरीद्वारा हवाई फायर, ८ जना घाइते  « Khabarhub

सुर्खेत तनावग्रस्तः प्रहरीद्वारा हवाई फायर, ८ जना घाइते 


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको विरेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ ।

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।

कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको ट्रिपरको किचेर आज विहान मृत्यु भएको थियो ।

आन्दोलनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी ८ जना भन्दा बढी घाइते भएका छन् ।

स्थानीयका अनुसार जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ५ : २५ बजे

अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी– सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात