सेनाका ‘सेकेण्ड लेफ्टिनेन्ट’: जो मानार्थ उपसेनानी बनेपछि पुन: पक्राउ परे « Khabarhub

सेनाका ‘सेकेण्ड लेफ्टिनेन्ट’: जो मानार्थ उपसेनानी बनेपछि पुन: पक्राउ परे


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– नेपाली सेनाको ‘सेकेण्ड लेफ्टिनेन्ट’ हुँ भन्दै स्थानीयलाई ‘ब्ल्याकमेल’ गरेको आरोपमा पक्राउ परी धरौटी बुझाएर छुटेका युवक पुनः पक्राउ परेका छन् ।

नेपाली सेनाकै छाप किर्ते गरी बनाइएको नक्कली परिचय पत्रसहित सुगम ठकुरी पुनः पक्राउ परेका हुन् । नेपाली सेनाको प्राड उपसेनानी हुँ भन्दै परिचय पत्र देखाएर जवरजस्ती रुपमा विराटनगर विमानस्थलमा प्रवेश गर्न खोज्दा ठकुरी पक्राउ परेका हुन् ।

उनले आफ्नो साथमा नेपाली सेनाको छाप तथा लागो प्रयोग भएको शुभम् विक्रम चन्द नाम लेखिएको प्राड (मानार्थ) उपसेनानी दर्जाको परिचय पत्र बोकेका थिए । आफू सेनाको नम्बर १ बाहिनी अड्डा काठमाडौंमा कार्यरत रहेको र छुट्टिमा घर आएको भन्दै ठकुरीले विमानस्थलका प्रहरीसँग नै हप्कीदप्की गरेका थिए ।

उनको व्यवहार शंकास्पद लागेपछि प्रहरीले परिचय पत्र भेरिफाइका लागि सेनालाई अनुरोध गरेको थियो । सेनाले उनको साथमा रहेको परिचय पत्रको कुनै पनि विवरण उपलब्ध नभएको जनाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले ठकुरीविरुद्ध सरकारी छाप, कागजात तथा दस्तखत किर्ते गरेको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

सुनसरीको दुहवी नगरपालिका–३ घर भएका ठकुरी यसअघि पनि सेनाको नक्कली परिचय पत्रसहित पक्राउ परिसकेका व्यक्ति हुन् ।

ठकुरीले त्यतिबेला आफूलाई सेनाको सेकेण्ड लेफ्टिनेन्ट भएको बताउने गर्दथे । आफू सत्तारुढ दल नेकपाकी नेत्री भगवति चौधरीको (पीएसओ)को रुपमा कार्यरत रहेको भन्दै उनले केही स्थानीयलाई ‘ब्ल्याकमेल’ समेत गरेका थिए ।

२०७४ सालमा पक्राउ परेका ठकुरीविरुद्ध प्रहरीले ठगी तथा सरकारी छाप किर्ते कसुरमा मुद्दा दर्ता गरेको थियो । पछि अदालतले उनलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : २२ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले