चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३२, अवस्था भयावह « Khabarhub

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३२, अवस्था भयावह


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ।

करिव ६ हजार जना संक्रमित भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन ।

बीबीसीका अनुसार अहिलेसम्म ५ हजार ९ सय ७४ जना कोरोनाबाट संक्रमित भएका छन भने ९ हजार २ सय ३९ जनालाई संक्रमणको आशंका गरिएको छ । ६ करोड चिनियाँहरु कुनै न कुनै रुपमा कोरोना भाइरसबाट प्रभावित भएका छन्।

हुबेइ प्रान्तमा कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।कोरोनाको उद्भव बिन्दु मानिएको वुहानमा आइतबारदेखि निजी गाडी संचालनमा पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप एक हजार शैयाको छुट्टै नयाँ अस्पताल निर्माणाधिन छ ।कोरोनाको संक्रमण रोक्नका लागि अनेकौं प्रयत्न गर्दा पनि महामारी नहटेपछि आफ्ना नागरिकको आन्तरिक तथा बाह्य भ्रमणमा चीनले रोक लगाएको छ ।

गत डिसेम्बरमा चीनको बुवानमा देखिएको कोरोना भाइरस १६ वटा मुलुकमा फैलिएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना