हलिउड निर्माताहरू नेपाल आउने « Khabarhub

हलिउड निर्माताहरू नेपाल आउने


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गतेदेखि ५ गतेसम्म राजधानीको सभागृहमा आयोजना हुने तेस्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) मा हलिउड फिल्ममेकर ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ नेपाल आउने भएका छन् ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा हुने लागेको यो फेस्टिभलमा हलिउड फिल्ममेकरले डिजिटल स्ट्रिमिङसम्बन्धी वर्कशप दिनेछन् ।

निफमा हलिउड निर्माताको डिजिटल स्ट्रिमिङ वर्कसपमा हलिउडसँगै नेपालका फिल्ममेकरले पनि आफ्नो अनुभव सेयर गर्नेछन् ।

ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन: फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । अर्का मेकर जोयलोन होफसँग नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभका रुपमा काम गरेको अनुभव छ ।

‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा तीनै जनाले स्ट्रिमिङ साइटका बारेमा जानकारी दिनेछन् । ‘स्ट्रिमिङ साइटलाई केन्द्रमा राखेर तीनैजनाले विश्वको अनुभव नेपाली फिल्ममेकरलाई बाँड्नेछन्,’ पाठकले भने ।

वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको छोटो कक्षासमेत दिइने आयोजकले जनाएको छ । साथै एक सेसनमा निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्वबजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्ममेकरसँग बहसमा सहभागी हुने जनाइएको छ ।

हलिउड फिल्ममेकरको सेसन भने राष्ट्रिय सभागृहमा नभइ लाजिम्पाटको र्‍याडिसन होटलमा हुनेछ । वर्कसपमा सहभागी हुन चाहाने फिल्मकर्मीले पहिले नै नाम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : ३४ बजे

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ