‘सेन्टी भाइरस’ को ट्रेलर: धुर्मुस-सुन्तलीको घरमा राजनीति छिरेपछि… (भिडियो) « Khabarhub

‘सेन्टी भाइरस’ को ट्रेलर: धुर्मुस-सुन्तलीको घरमा राजनीति छिरेपछि… (भिडियो)


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस–सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरियो ।

ट्रेलरमा राजनीति छिरेपछि परिवारमा आएको द्वन्द्व देखाइएको छ । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले फिल्ममा पनि पति–पत्नीको भूमिका निभाएका छन् ।

ट्रेलरमा कुनै गाउँमा देखिएको राजनीतिक खिचातानी र पति र पत्नी दुई फरक पार्टीको प्रचारमा लाग्दा देखिएको उतारचढावलाई देख्न सकिन्छ ।

शैलेन्द्र डी कार्कीले खिचेको यो फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको कथा छ ।

दिन्डु लामा ल्ह्योमोले निर्माण गरेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म फागुन ९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

फिल्ममा सीताराम र कुञ्जनाका अवाला दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ४ : ४२ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा