भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने नियुक्त « Khabarhub

भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने नियुक्त


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा डा निर्मल लामिछाने नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले लामिछाने अध्यक्षमा नियुक्त गरेको हो । डा लामिछाने वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा क्यान्सर अस्पताल भरतपुरमै कार्यरत छन् । उनले अस्पतालका उपनिर्देशक भएर काम गर्दै आएका थिए ।

विसं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो । तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो ।

यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आएकी थिइन् ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : ०१ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ