शहीद गंगालाल हृदय रोग केन्द्रमा अब मोबाइलबाटै टिकट काट्ने व्यवस्था « Khabarhub

शहीद गंगालाल हृदय रोग केन्द्रमा अब मोबाइलबाटै टिकट काट्ने व्यवस्था


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले मोबाइलबाट नै ओपिडी सेवाको टिकट काट्न सुरु गरेको छ।

अस्पतालको २४ औं वार्षिकोत्सवका अवसरमा मोबाइल र अनलाइन टिकट सेवाको सुरुवात गरिएको कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।

मोवाइलबाटै टिकट काट्ने व्यवस्थाले अस्पतालमा टिकट काट्नकै लागि हुने भीडभाडको अन्त्य भएको छ भने बिरामीले घण्टौसम्म लाइन लाग्नु पर्ने बाध्यता पनि हटेको छ ।

प्रभु पे मोबाइल वालेट मार्फत बिरामी वा आफन्तले घरमा बसेर नै टिकट काट्न सक्नेछन्।

सरकारी अस्पतालमा मोबाइलबाटै टिकट काट्ने व्यवस्था मिलाउने गंगालाल अस्पताल दोस्रो हो । यसअघि सिभिल अस्पतालले मोबाइलबाटै टिकट काट्ने व्यवस्था मिलाइ सकेको छ ।

केन्द्रको २४ औं स्थापना दिवसकै अवसरमा काठमाडौं महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति गरेको छ ।

सहमतिपत्रमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले हस्ताक्षर गरे।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : ५१ बजे

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई