चीनले दुई दिनमै तयार गरेको अस्पतालमा कोरोना भाइरसको उपचार सुरु | Khabarhub Khabarhub

चीनले दुई दिनमै तयार गरेको अस्पतालमा कोरोना भाइरसको उपचार सुरु


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – चीनले  दुई दिनमै निर्माण सम्पन्न गरेको अस्पतालमा कोरोना भाइरसको उपचार सुरु भएको छ ।

वुहानमा कोरोना भाइरसको प्रकोप फैलिएपछि त्यसको नियन्त्रणका लागि एक हजार शैयाको अस्पताल तयार भएको हो ।

६ दिनमा निर्माण सकिने भनिएको अस्पताल दुई दिनमै तयार भएपछि उपचार सुरु गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन । सो अस्पतालमा मंगलबार रातिदेखि नै कोरोना भाइरस संक्रमितको उपचार सुरु भएको हो ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार एकदिनमै पूर्बाधार तयार गरिएको भवनको रंगरोगन र अरु काम कामदारहरुले बिश्राम नै नलिइकन खटिएर अस्पताल तयार गरेका हुन ।

गत डिसेम्बरदेखि चीनको बुहानबाट फैलिएको कोरोना भाइरसका कारण चीनमा १ सय ३२ जनाको मृत्यु भइरसकेको छ भने ६ हजार भन्दा बढी संक्रमित छन ।

जापान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको छ ।

                                 चीनले दुई दिनमै तयार गरेको अस्पताल

 

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ७ : ५८ बजे

हेरा फेरीमा अक्षयलाई राहत, अदालतले रोक्न मानेन ‘जोली एलएलबी- ३’को सुटिङ

काठमाडौं – ‘हेरा फेरी- ३’को विवादलाई लिएर बलिउड नायक अक्षय

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी- मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा

क्रोएसियाको पहिलो दुई खेलमा १२ गोल

काठमाडौं – विश्वकप फुटबल छनोट अन्तरगत युरोपेली देशको आइतबार राति

इजरायलले नियन्त्रणमा लिएको राहतसहितको जहाज असाद बन्दरगाहमा

गाजा – गाजामा राहत लिएर गएको इजरायलले नियन्त्रणमा लिएको माडलिन

लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क

वाशिङ्टन – गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अत्यन्त खराब