माइक्रोसफ्टको लापरबाही, २५ करोड प्रयोगकर्ताको डाटा खतरामा « Khabarhub

माइक्रोसफ्टको लापरबाही, २५ करोड प्रयोगकर्ताको डाटा खतरामा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  माइक्रोसफ्टको लापरवाहीले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ ।

यद्पी कम्पनीले एक विज्ञप्तिमार्फत गल्तिहरु सच्याइ सकिएकाले अब डाटामा असुरक्षा नरहेको प्रष्ट्याएको छ ।

माइक्रोसफ्टले साबधानी नपनाउँदा प्रयोगकर्ताहरुको गोप्य डाटाहरु पनि बाहिरिएको भन्दै रिसर्च टिम बब डियान्चको कम्पेरिटेकले रिर्पोट गरेपछि माइक्रोसफ्टको लापरबाही उदांगिएको थियो ।

रिर्पोट अनुसार माइक्रोसफ्टको कस्टमर सर्पोट र कस्टमरकाबीचको कुराकानी डाटामार्फत लिक भएका थिए । यो कुराकानी माइक्रोसफ्ट र कस्टमरकाबीच सर्पोटको विषयसँग सम्वन्धित थियो ।

माइक्रोसफ्टले डाटाको सर्भरलाई बिना सेक्योरिटी राखेपछि समस्या उत्पन्न भएको थियो । सेक्योरिटीबिनाका डाटालाई प्रयोगकर्ताले आफ्नो वेब ब्राउजरबाट एक्सेस गर्दै आएका थिए ।

सेक्योरिटी टीम बब डियान्चेको आफ्नो रिर्पोटमा लीक भएको डाटामा २००५ देखि २०१९ सम्मको कस्टमर लग रहेको दाबी गरेको छ । यो तहको हेलचेक्राईपछि माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरुसँग माफी मागेको छ ।

उसले भविष्यमा यस्तो गल्ति नदोहोरिने  प्रतिबद्दता समेत जनाएको छ । माइक्रोसफ्टले असुरक्षित डाटाबेसलाई ३१ डिसेम्वर २०१९ देखि सुरक्षित गरिसकिएको समेत जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना