क्रिस गेलले भने– ‘सि यु सुन नेपाल’ « Khabarhub

क्रिस गेलले भने– ‘सि यु सुन नेपाल’


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हेनरी क्रिस गेल अर्थात् युनिर्भसल बोस फाल्गुन अन्तिममा काठमाडौं आउने भएका छन् । गेल चैत १ गतेदेदिख १५ सम्म सञ्चालन हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न काठमाडौं आउने भएका हुन् ।

गेल ईपीएल टोली पोखरा राइनोजमा आवद्ध भएका हुन् । उनी टोलीमा आवद्ध भएको जानकारी पोखराले बिहीबार सार्वजनिक गरेको हो ।

उनलाई टोलीमा आवद्ध गर्न पछिल्लो ४–५ महिनादेखि आफुहरुले मेहनत गरेको पोखराकी ‘अनर’ दिपा अग्रवालले बताइन् ।

‘हामीले पछिल्लो ४–५ महिना गेललाई नेपाल ल्याउन मेहनत गरेका छौं । यसले नेपाली खेलाडीमा सकारात्मक सन्देश दिएको छ,’ अग्रवालले भनिन्,‘गेल नेपाल आउनु सारा नेपालीका लागि खुसीको कुरा हो ।’

गेल कतिदिन काठमाडौं मा रहने र उनले कति खेल खेल्ने भन्ने भने टुङ्गो लागिसकेको छैन् । तर, उनले २ खेल खेल्ने सम्भावना रहेको जनाइएको छ ।

यस्तै, गेललाई कति मूल्यमा टोलीमा आवद्ध गरियो भन्ने कुरा पनि पोखराले खुलाएको छैन । ईपीएलका एकडि अमिर अख्तरले नेपालमा गेललाई भित्र्याउन पाउँदा खुसी लागेको बताएका छन् ।

यसै सिजनबाट ईपीएलले अन्य घरेलु लिग खेल्ने खेलाडीलाई लिगमा सहभागी नगराउने निर्णय गरेको थियो ।

पोखराले गेलको सन्देशसहितको भिडियो क्लिप सार्वजनिक गरेको छ । जसमा गेलले भनेका छन्,‘के छ नेपाल । हो म क्रिस गेल । युनिर्भिसल बोस । टी–ट्वान्टी किङ् । मैले नेपाल भिजिट एयर २०२० मा नेपाल भ्रमण गर्ने भएको छु । नेपालमा आयोजना हुन लागेको एभेरेस्ट प्रिमियर लिगका अवसरमा । मेरो टिम पोखरा राइनोजलाई समर्थन गर्नुहोस् । यो नेपालको ‘म्याग्निफिसियन्ट क्रिकेट फियस्टा’ । खेलका लागि तयार हुनुहोस् । चाँडै भेटौंला । माया र सम्मान !’

टि–ट्वान्टी क्रिकेटमा विस्फोटक ब्याटसम्यानका रुपमा परिचित ४० वर्षीय गेलले वेष्ट इन्डिजका लागि ५८ टि–ट्वान्टी क्रिकेट खेलिसकेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ५ : ०५ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै