विहीबार नेप्से दोहोरो अंकले वृद्धि « Khabarhub

विहीबार नेप्से दोहोरो अंकले वृद्धि


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ ।

लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ ।

व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बीमा २२४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बीमा १६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड ३६ लाख १९ हजार १४७ बराबरको कारोवार भयो ।

यस्तै प्राइम लाइफ रु सात करोड २० लाख १४ हजार २१८, नेपाल लाइफ इन्स्योरेन्स रु छ करोड ९३ लाख २४ हजार ९४३, एशियन लाइफ रु छ करोड ८१ लाख तीन हजार ३२०, नेशनल लाइफ रु छ करोड ६८ लाख १५ हजार २३१, प्रभु बैंक रु पाँच करोड ६६ लाख १२ हजार ९४९ र गुराँस लाइफ रु पाँच करोड ६० लाख ९५ हजार ४७७ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.२४ प्रतिशतले कमाए ।

त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ७ : ५२ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका