नेकपा बैठकमा समूहगत छलफल अन्तिम चरणमा, केही नेताहरुले मात्र धारणा राख्न बाँकी « Khabarhub

नेकपा बैठकमा समूहगत छलफल अन्तिम चरणमा, केही नेताहरुले मात्र धारणा राख्न बाँकी


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल लगभग अन्तिम चरणमा पुगेको छ ।

बुधवार पार्टी अध्यक्षद्वय केपी श्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको हो । ४ सय ४१ केन्द्रीय सदस्य १५ समूहमा बाँडिएर छलफलमा जुटेका हुन् ।

१५ मध्ये समूह ३, ४, ५, ६, ७, १२, १३, १४ र १५ का सबै नेताहरुले आफ्नो धारणा विहीवार नै राखिसकेका छन् ।

समूह १, २, ८, ९, १० र ११ मा रहेका नेताहरुले शुक्रवार(आज) विहानैबाट छलफल शुरु गरेका थिए । बाँकी नेताहरुले धारणा राखिसकेपछि टोली नेताले केन्द्रीय कमिटीको वैठकमा आ–आफ्नो प्रस्तुति दिन कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभागृहमा ८, पार्टी कार्यालय धुम्बाराहीमा ४ र जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा ३ समूहले छलफल गरेका थिए ।

छलफलमा सहभागी अधिकांश नेताहरुले अमेरिकी सहयोग एमसीसी, सरकारको काम कारवाही र पार्टी एकताबारे आफ्ना धारणा राखेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : २१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा