सांसदको माग–चीनबाट नेपालमा हुने आवतजावतलाई बन्द गरियोस् « Khabarhub

सांसदको माग–चीनबाट नेपालमा हुने आवतजावतलाई बन्द गरियोस्


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलदै गएको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गौरीशंकर चौधरीले चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा फैलिएको र भाइरसका कारण ज्यान गुमाउने र संक्रमितको संख्या बढेको भन्दै नेपाल पनि गम्भीर बन्नु पर्ने बताए ।

उनले विश्व स्वास्थ्य संगठनले नै आपतकालको घोषणा गरिसकेको अवस्थामा नेपाल सरकारले केही समय चीनबाट हुने आवतजावतलाई बन्द गर्नुपर्ने बताए ।

‘कोरोना भाइर १८ देशमा फैलिएको छ । मर्ने र संक्रमितको संख्या बढेको छ । विश्व सस्वास्थ्य संगठनले पनि आपतलकाल घोषणा गरेको छ’ संसद बैठकमा उनले भने,‘नेपाल सरकारबाट केही समय चीनबाट हुने आवतजावतलाई बन्द गरियोस्, अरु देशबाट आउनेमाथि परीक्षण र निगरानीको साथै उपचारको व्यवस्था गरियोस् ।’

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : ५३ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र