सांसदको माग–चीनबाट नेपालमा हुने आवतजावतलाई बन्द गरियोस् « Khabarhub

सांसदको माग–चीनबाट नेपालमा हुने आवतजावतलाई बन्द गरियोस्


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलदै गएको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गौरीशंकर चौधरीले चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा फैलिएको र भाइरसका कारण ज्यान गुमाउने र संक्रमितको संख्या बढेको भन्दै नेपाल पनि गम्भीर बन्नु पर्ने बताए ।

उनले विश्व स्वास्थ्य संगठनले नै आपतकालको घोषणा गरिसकेको अवस्थामा नेपाल सरकारले केही समय चीनबाट हुने आवतजावतलाई बन्द गर्नुपर्ने बताए ।

‘कोरोना भाइर १८ देशमा फैलिएको छ । मर्ने र संक्रमितको संख्या बढेको छ । विश्व सस्वास्थ्य संगठनले पनि आपतलकाल घोषणा गरेको छ’ संसद बैठकमा उनले भने,‘नेपाल सरकारबाट केही समय चीनबाट हुने आवतजावतलाई बन्द गरियोस्, अरु देशबाट आउनेमाथि परीक्षण र निगरानीको साथै उपचारको व्यवस्था गरियोस् ।’

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : ५३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको