बेलायती राजकुमार ह्यारीले भने-विकल्प नभएरै शाही उपाधि त्यागेँ | Khabarhub Khabarhub

बेलायती राजकुमार ह्यारीले भने-विकल्प नभएरै शाही उपाधि त्यागेँ


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने घोषणा गरेपछि पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छन्।

आफ्नो निर्णयप्रति ठूलो दुख व्यक्त गर्दै ह्यारीले ‘शाही उपाधि त्याग्नुको विकल्प नभएको’ कारण आफूले शाही उपाधि त्यागेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

ह्यारीले आफूसँगै श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

‘म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो।’

उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे।

ह्यारीले भने, ‘सार्वजनिक अनुदान बिना हामीले महारानी, राष्ट्रमण्डल र सैन्य संघको सेवा गर्नु थियो। दुर्भाग्यवश त्यो सफल हुन सकेन।’

ह्यारीले यसअघि नै आफूहरु आर्थिक रुपमा स्वतन्त्र हुने बताइसकेका छन्।

उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए। उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।

यसै महिनाको शुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ११ : १० बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण