बेलायती राजकुमार ह्यारीले भने-विकल्प नभएरै शाही उपाधि त्यागेँ « Khabarhub

बेलायती राजकुमार ह्यारीले भने-विकल्प नभएरै शाही उपाधि त्यागेँ


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने घोषणा गरेपछि पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छन्।

आफ्नो निर्णयप्रति ठूलो दुख व्यक्त गर्दै ह्यारीले ‘शाही उपाधि त्याग्नुको विकल्प नभएको’ कारण आफूले शाही उपाधि त्यागेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

ह्यारीले आफूसँगै श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

‘म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो।’

उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे।

ह्यारीले भने, ‘सार्वजनिक अनुदान बिना हामीले महारानी, राष्ट्रमण्डल र सैन्य संघको सेवा गर्नु थियो। दुर्भाग्यवश त्यो सफल हुन सकेन।’

ह्यारीले यसअघि नै आफूहरु आर्थिक रुपमा स्वतन्त्र हुने बताइसकेका छन्।

उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए। उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।

यसै महिनाको शुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ११ : १० बजे

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम