अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकबाट चिनियाँलाई यात्रामा प्रतिबन्ध « Khabarhub

अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकबाट चिनियाँलाई यात्रामा प्रतिबन्ध


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसबाट २ सय ५९ जनाको मृत्यु र १२ हजार भन्दा बढी संक्रमित भएपछि बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकले चीनबाट आफ्नो देशमा मानिसहरूको आवातजावत रोक्ने गरी प्रतिबन्ध लगाएका छन्।

अमेरिका र अस्ट्रेलियाले डिसेम्बरमा कोरोना भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्। यो बढी चिनियाँ नागरिकप्रति लक्षित छ ।

यसअघि रुस, जापान, पाकिस्तान र इटलीले त्यस्तै यात्रा प्रतिबन्ध घोषणा गरिसकेका छन। निकै कम मात्र जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्ने अमेरिकाले पछिल्ला दुई सातादेखि चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ।

हुबे प्रान्तबाट फर्किरहेका आफ्नो देशका नागरिक र बासिन्दालाई अमेरिकाले १४ दिन क्वारन्टीनमा राखेर उनिहरुको निगरानी गरिरहेको छ ।

अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना कुनै पनि नागरिकलाई दुई हप्ता क्वारन्टीनमा राख्ने जनाएको छ। तर विश्व स्वास्थ्य संगठनका स्वास्थ्य अधिकारीहरूले भने यात्रामा नै भएको प्रतिबद्धको विरोध गरेका छन ।

विश्व स्वास्थ्य सङ्गठनले यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति पुर्‍याउने भएकाले सचेत रहन आह्वान गरेको छ ।

डब्ल्यूएचओले सीमावारपार गर्ने स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ। सीमा बन्द गरेपछि यात्रुहरू अनधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने उसको चेतावनी छ।

चीनले आधिकारिक सल्लाहको बेवास्ता गरेको भन्दै यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको छ। कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको आधिकारिक सङ्ख्या २५९ मा रोकिएको बताइए पनि यो संख्या लुकाइएको आशंका गरिएको बीबीसीले जनाएको छ।

सन् २००३ मा दुई दर्जन देशमा फैलिएको सार्सको महामारीजस्तै गरी कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएपछि डब्ल्यूएचओलेले विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : ५७ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ