केन्द्रीय कमिटीमा जवाफ दिनुअघि नेकपा सचिवालय बैठक « Khabarhub

केन्द्रीय कमिटीमा जवाफ दिनुअघि नेकपा सचिवालय बैठक


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्दैछन् ।

गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुबारे अध्यक्षले जवाफ दिने भएका हुन् ।

४४५ सदस्यीय केन्द्रीय कमिटीमा छलफलमा लागि १५ वटा समूह बनाइएको थियो । समूहगत छलफलपछि आएका निश्कर्षलाई हरेक समूहका नेताले केन्द्रीय कमिटीको बैठकमा शुक्रवार र शनिवार ब्रिफिङ गरेका थिए । त्यस्तै प्रदेश अध्यक्षहरु, विभागीय प्रमुखहरुले पनि बैठकमा विफ्रिङ गरेका थिए ।

टोली नेताहरुले उठाएका प्रश्नहरुको विषयमा आज पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने छन् भने अर्का अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए ।

अध्यक्ष ओली उद्घाटन यता बैठकमा सहभागी छैनन् ।

बालुवाटारमा सचिवालय बैठक

टोली प्रमुखहरुले समूहगत बैठक पछि उठाएका विषयबारे छलफल गर्न नेकपाको सचिवालय बसिरहेको छ ।

आइतवार दिँउसो अध्यक्षले पार्टी बैठकमा जवाफ दिनुअघि सचिवालयको धारणा बनाउन बैठक बसेको हो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकार बारे उठेका प्रश्नहरुको जवाफ दिने र महासचिवले सांगठनिक र विधान संशोधन बारे पेश गरेको प्रतिवेदनमाथि नेताहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १ : २८ बजे

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको