इण्डो प्यासिफिकबारे गरिएको टिप्पणी फिर्ता लिन्छौं– प्रचण्ड « Khabarhub

इण्डो प्यासिफिकबारे गरिएको टिप्पणी फिर्ता लिन्छौं– प्रचण्ड


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिबारे गरिएको टिप्पणी फिर्ता लिने बताएका छन् ।

प्रचण्ड र ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अमेरिकाको इण्डो–प्यासिफिक स्ट्राटेजी (आईपीएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भन्ने टिप्पणी गरिएको थियो ।

तर, केही केन्द्रीय सदस्यहरुले उक्त टिप्पणीप्रति आलोचना गरेपछि प्रचण्डले त्यसलाई फिर्ता लिने प्रतिवद्धता जनाएका हुन् ।

जारी केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले आइतबार आइपीएस ‘चीनलाई घेरा हाल्नका लागि ल्याइएको’ भन्ने शब्द फिर्ता लिने बताएका हुन् ।

अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको बुँदा नम्बर १ अन्तर्गत पृष्ठ ८ मा अमेरिकाले चीनलाई घेरा हाल्नका लागि इण्डो–प्यासिफिक रणनीति ल्याएको उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ–‘संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ । यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्यरणनीतिका रुपमा इण्डो–प्यासिफिक रणनीति अगाढि बढाएको छ ।’

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : ०९ बजे

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुन्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको