नेकपाले अबदेखि बैठकमा दुई अध्यक्षको फोटो नराख्ने « Khabarhub

नेकपाले अबदेखि बैठकमा दुई अध्यक्षको फोटो नराख्ने


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्को आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ ।

केन्द्रीय कमिटी बैठक स्थल राष्ट्रिय सभा गृहमा राखिएको व्यानरको दायाँवायाँ दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर राखिएको भन्दै नेताहरुले प्रश्न उठाएका थिए ।

यसअघि कम्युनिस्ट पार्टीका बैठकमा मार्क्स, लेनिनको तस्वीर राख्ने गरिएकोमा यस बैठकमा भने नराखिएको भन्दै आलोचना भएको थियो भने समूहगत छलफलमा समेत नेताहरुले यसबारे प्रश्न उठाएका थिए ।

जसको जवाफ आइतवार (आज) प्रचण्डले दिएका छन् । उनले अबदेखि पार्टीका बैठकमा दुई अध्यक्षको तस्वीर नराख्ने बताएका हुन् ।

उनले पार्टी एकताका बाँकी काम १५ दिनभित्र टुंगो लगाइसक्ने समेत जवाफका क्रममा बताएका छन् । अब हुने मनोनयन र कमिटी गठनहरुमा महिलालाई प्राथमिकता दिने र सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराइने उनले जवाफि सम्बोधनमा बताए ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने बताएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपाको व्यानरबाट मार्क्स–लेनिनको फोटो गायब !

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ४ : ३४ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड