११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटी बैठक सम्पन्न (प्रस्तावसहित) « Khabarhub

११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटी बैठक सम्पन्न (प्रस्तावसहित)


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ ।

समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो ।

बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ ।

‘ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ’, केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘नेपाल र भारतका परराष्ट्र सचिवहरुको संयन्त्रबाट समस्याको समाधान गर्नेपूर्व सहमति विपरित गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ ।’

बैठकले राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउँदै समस्याको समाधान कुटनीतिक एवं राजनीतिक माध्यामबाट गर्न सरकारलाई आह्वान पनि गरेको छ ।बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन बल्खुस्थित आफ्नै जमिनमा बनाउने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गरेको छ ।

आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय बैठकले गरेको छ । भवन बनाउनका लागि पार्टीका सम्पूर्ण सदस्यहरुको न्यूनतम एकदिनको तलव वा आम्दानी बराबरको सहयोग गर्न पनि बैठकले अपिल गरेको छ ।

नेकपाले पारित गरेका प्रस्ताव यस्ता छन्–

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : २३ बजे

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको