बालुवाटारमा ‘भब्य’ रात्रिभोज, गएनन् केही युवा नेता « Khabarhub

बालुवाटारमा ‘भब्य’ रात्रिभोज, गएनन् केही युवा नेता


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीका सदस्यहरुलाई बालुवाटारमा रात्रिभोज दिएका छन् ।

गत बुधवारदेखि शुरु भएको नेकपाको केन्द्रीय कमिटी बैठक हिजो(आइतवार) सकिएसँगै अध्यक्ष ओलीले नेताहरुलाई बालुवाटारस्थित सरकारी निवासमा रात्रिभोजको आयोजना गरेका हुन् ।

४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुलाई भोज खुवाउने बारे आइतवार अबेर मात्र खबर गरिएको थियो । नेकपाका राष्ट्रियसभा, प्रतिनिधिसभा र केन्द्रीय सदस्यलाई पठाइएको म्यासेजमा लेखिएको थियो, ‘माघ १९ गते आइतबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ ।’

रात्रिभोज हार्दिकता साटासाट तथा केन्द्रीय सदस्यहरूसँगको भेटका लागि आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भोजमा नेकपाका राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सदस्यहरूसमेत उपस्थित थिए । भोजमा प्रधानमन्त्री ओलीले उपस्थित सबैसँग हात मिलाएर हार्दिकता साटेका थिए ।

भोजमा औपचारिक कुनै कार्यक्रम भने गरिएको थिएन ।

गएनन् केही नेता

प्रधानमन्त्रीले हार्दिकता बढाउनका लागि भनेर आयोजना गरेको भए पनि केही नेताहरु भने भोजमा उपस्थित भएनन् ।

केन्द्रीय सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरे लगायतका युवा नेताहरु बालुवाटारको भोजमा सहभागी भएनन् ।
केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भोजप्रति व्यङ्ग्य गर्दै भने,‘घरकै भुटेको मकै र कालो चिया मिठो ।’

आफू यसअघि पार्टी एकता भएपछि बालुवाटारमा आयोजना भएको भोजमा पनि सहभागी नभएको न्यौपानेले बताए ।

आफ्नो स्वभाव यस्ता भोजहरुमा नजाने रहेको उनको भनाइ थियो । पार्टीमा तडकभडक नहोस् भन्ने जनताको चाहना रहेको उनको भनाइ छ ।

यस्तो थियो मेनु

प्रधानमन्त्री निवासको खुल्ला स्थानमा पाल टाँगेर भोजको खाने व्यवस्था गरिएको थियो ।

भोजमा पुलाउ, दाल फ्राई, चिकेन, मटन, बटरमसला फिसलगायत राखिएको थियो । उसिनेको मकै, गाँजर, दही, हलुवा, रसवरी लगाइ राखिएको थियो । भोजमा ‘ड्रिङ्स’ भने राखिएको थिएन ।

भोज चलिरहँदा राष्ट्र भक्तिपूर्ण गीत गुञ्जिरहेको थियो ।

सामाजिक सञ्जालमा प्रश्न – बालुवाटार कि पार्टी प्यालेस ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सांसदलाई भोज आयोजना गरिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ । कतिपयले बालुवाटारको नाम ‘बालुवाटार पार्टी प्यालेस’ राख्नु पर्ने भन्दै टिप्पणीसमेत गरेका छन् ।

ओली प्रधानमन्त्री भएपछि बालुवाटारमा धेरै भोजहरुको आयोजना हुन थालेको आरोप कतिपयले सामाजिक सञ्जालमा लगाइरहेका छन् । यस्तै पार्टीका बैठक बस्न पनि सरकारी निवास प्रयोग गर्ने गरिएको भन्दै आलोचना पनि गरिएको छ ।

यसअघि तत्कालिन एमाले र माओवादी केन्द्रबीच फागुन २०७४ मा पार्टी एकिकरणको घोषणा हुँदा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमा भोज दिएका थिए । त्यस्तै ओलीको ६७ औँ जन्मदिनको अवसरमा पनि बालुवाटारमा भोजको आयोजना गरिएको थियो ।

यस्तै मन्त्रीमण्डल पुनर्गठन गरेपछि पनि ओलीले बहिर्गमनमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : १२ बजे

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै