बजेटको सुनिश्चिततापछि भरतपुरमा सभागृहको कामले गति लिदै « Khabarhub

बजेटको सुनिश्चिततापछि भरतपुरमा सभागृहको कामले गति लिदै


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुरमा निर्माण गरिने सभागृहका लागि बजेट सुनिश्चित भएपछि कामले गति लिएको छ ।

अर्थ मन्त्रालयले एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह (सिटिहल) निर्माण प्रकियाले तीव्रता लिएको हो ।

भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा निर्माण हुँदैछ ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले यही महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिइन ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले सभागृह निर्माणको काम अघि बढाएको हो । एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ ।

यसका लागि कम्तीमा ४५ दिनको समय राखेर सूचना जारी गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइ सभागृह निर्माण गर्न स्रोत सुनिश्चितताको पत्र प्रदान गरेको हो ।

दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी बोलपत्र आह्वान गरिँदै छ । सभागृहमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३ सय जना अट्ने दुई वटा, २ सय अट्ने एउटा र एक सय अट्ने तीन वटा हल हुनेछन ।

सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैँचा , २ सय ५७ गाडी र ३ सय १७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ हुने व्यवस्था हुनेछ ।

सभागृहको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भए पनि बजेटको सुनिश्चितताको अभावमा काम रोकिएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट भर्खरै मात्र सरुवा भएका प्रमुख कुमार घिमिरेका अनुसार सभागृह नेपालकै अत्याधुनिक र ठूलो हुनेछ ।

काम सम्पन्न गर्न २ अर्ब रुपैयाँ भन्दा बढी लाग्ने भए पनि मुख्य कामका लागि पहिलो चरणमा अर्थ मन्त्रालयले एक अर्ब ५९ करोड ६७ लाखको सुनिश्चितता पत्र दिएको घिमिरले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : १० बजे

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई