नेपाल–भारत सीमा नाकामा पनि कोरोना भाइरस लक्षित निगरानी शुरु « Khabarhub

नेपाल–भारत सीमा नाकामा पनि कोरोना भाइरस लक्षित निगरानी शुरु


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट शुरु भएको कोरोना भाइरसको महामारीबाट बच्न भन्दै सरकारले सीमा क्षेत्रमा पनि स्वास्थ्य परीक्षण र उच्च निगरानी शुरु गरेको छ ।

यसअघि रसुवागढी लगायत चीनतर्फको सीमा–नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरिएकोमा अब भारतसँगको सीमा–नाकामा पनि कोरोना भाइरसको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिने भएको छ ।

संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समझदारीअनुसार सबै सीमा क्षेत्रमा कोरोना भाइरस लक्षित परीक्षण र निगरानी शुरु गरिने भएको छ ।

यसैबीच रुपेन्देहीको भैरहवा सीमा–नाकामा कोरोना लक्षित स्वास्थ्य जाँच र निगरानी शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जनस्वास्थ्य कार्यालयले बेलहिया नाकासहित भारतसँग सीमा जोडिएका क्षेत्रमा निगरानी बढाएको हो । सीमा क्षेत्रमा कोरोना लक्षित परीक्षण तथा निगरानीका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको रुपन्देहीका सहायक प्रजिअ भरत शर्माले जानकारी दिए ।

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ११ : ३८ बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न