सेवाबाट अवकाश भए गृहसचिव राई, मन्त्रालयद्वारा बिदाइ « Khabarhub

सेवाबाट अवकाश भए गृहसचिव राई, मन्त्रालयद्वारा बिदाइ


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई आज बिदाइ गरिएको छ ।

गृह मन्त्रालयमा एक समारोहमा उनलाई बिदाइ गरिएको हो । बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

सरल, सहज र कर्तव्यनिष्ट राईको राज्यप्रतिको समर्पण भाव प्रेरणादायी रहेको मन्त्री थापाले बताउनुभयो । हरेक सरकारी कर्मचारीले गलत प्रवृत्तिविरुद्ध लड्न र कानून कार्यान्वयनमा डराउन नहुनेमा जोड दिँदै मन्त्री थापाले राईमा त्यस्तै खालको प्रवृत्ति रहेको बताए ।

अवकाशप्राप्त सचिव राईले राष्ट्रसेवक भएर आफ्नो कार्यकालमा इमान्दारीपूर्वक जनताको काम गरेको उनले जिकिर गरे ।

उनले गृहमन्त्री थापासँग काम गर्दा सहज भएको उल्लेख गर्दै सोही कारण मन्त्रालयले सफलता प्राप्त गरेकोसमेत बताए ।

यही माघ २२ गते अनिवार्य अवकाश पाउने भए पनि उनले दिएको राजीनामा आजदेखि लागू हुनेगरी यसअघि नै स्वीकृत भएको थियो । विसं २०४० मा सेवा प्रवेश गरी २०७१ सालमा सचिवमा बढुवा भएका राईले २०७४ साल चैत २६ गतेदेखि गृहसचिव भएर काम गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : ३९ बजे

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ