७ हजारमा ‘कुरो नमिल्दा’ भयो अजिता भुजेलको हत्या | Khabarhub Khabarhub

७ हजारमा ‘कुरो नमिल्दा’ भयो अजिता भुजेलको हत्या


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की अजिता भुजेलको हतयामा संलग्न ५ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीद्वारा सार्वजनिक गरिएका ५ जना अभियुक्तमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ कै २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय शाशिष बल, २१ वर्षीय बुद्ध लामा र हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार मृतक अजिताको मोबाइललाई पछ्याउँदा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले अजिताको मृत्यु भएकै दिनदेखि उनले प्रयोग गर्ने मोबाइलको खोजी गरेको थियो । हराएको उक्त फोन सोमबार मात्रै सञ्चालनमा आएको जानकारी प्रहरीले प्राप्त गर्‍यो । उक्त फोन हेटौंडा–११ की एलिसा पाख्रिनले आफ्नो नाममा दर्ता रहेको सीम कार्ड हालेर प्रयोगमा ल्याएकी थिइन् ।

प्रहरीले एलिसालाई पक्राउ गरेपछि उनले आफ्नो साथी शाशिष बलले उक्त मोबाइल उपहार ल्याइदिएको बयान दिएकी थिइन् ।

एलिसाको बयानपछि प्रहरीले उनका साथी आशिषलाई पक्राउ गर्‍यो । आशिषले पनि उक्त मोबाइल आफ्ना साथी बुद्ध लामाबाट उपहार पाएको बयान दिए ।

आशिषको बयानपछि प्रहरीले बुद्धको खोजी शुरु गर्‍यो । चितवनमा रहेका बुद्धलाई प्रहरीले त्यहिँ गएर पक्राउ गर्‍यो ।

बुद्धले पनि उक्त मोबाइल आफूलाई सिमोन परियारले दिएको बयान दिए । बुद्धको बयानपछि प्रहरीले सिमोन पनि पक्राउ परे ।

प्रहरीले पक्राउ गरेपछि सिमोन ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक रहेको खुल्न आयो । प्रहरीका अनुसार अजिताको हत्या भएको राति साहुलाई समेत जानकारी नदिइ उक्त ट्रक आफैंले चलाएर हेटौंडा बसपार्क पुर्‍याएका थिए ।

सिमोनले ट्रक बसपार्कमा ल्याइसकेपछि सुशील थापामागरसँग भेट गरे । दुवै जनाले राति यौन सम्पर्क गर्र्ने ‘योजना’ बनाए ।

दुवै जना सोही ट्रक लिएर ठाडा भर्‍याङ पुगे । ठाडा भर्‍याङमा ट्रक पार्क गरिसकेपछि राति करिब १ बजेतिर उनीहरुले अजिता भुजेललाई भेटे ।

अजिता भुजेलसँग उनीहरुले ७ हजारमा यौन सम्पर्क गर्ने कुराकानी ‘पक्का’ गरे । त्यसपछि अजितलाई पुनः ट्रकमा लगे । दुवै जनाले ट्रकमै अजितासँग यौन सम्पर्क गरे ।

तर, पहिले भएको सहमतिअनुसार दुवै जनाले अजितालाई पैसा दिन मानेनन् । भनेको पैसा नपाउँदा अजिताले विवाद गर्न थालेपछि दुवै जनालाई घाँटी थिचेर उनको हत्या गरेको खुल्न आएको मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले बताए ।

 

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ४७ बजे

उपाधि जित्न हैदरावादले कोलकातालाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा अहिले

शैक्षिक अवस्था सुधारका लागि अभिमुखीकरण कार्यक्रम

सुन्दरहरैचा – मोरङमा शैक्षिक अवस्था सुधारका लागि सञ्चालन गरिएको अभिमुखीकरण

‘खुस्मा’को छायांकन सम्पन्न

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको

नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत

काठमाडौं – नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक

काठमाडौं । यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको