शेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

शेयर बजारमा दोहोरो अंकको गिरावट


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार उकालो लाग्दै आएको शेयर बजारमा साप्ताहिक कारोबारको तेस्रो दिन (मंगलबार) भने दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार शेयर बजार परिसूचक नेप्से १२.०९ विन्दुले घटेर १३३७.०४ विन्दुमा झरेको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने डेढ अर्ब माथि रहेको छ । मंगलबार कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर १ अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भयो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलबार ४ उपसमूहको मात्रै शेयर उकालो लागेको छ भने ८ समूहको शेयर ओरालो लागेको छ । विकास बैंक ५.०१, वित्त ०.६३, निर्जीवन बीमा २८.७९ र अन्य ०.९ विन्दुले बढेको छ ।

त्यस्तै बैंकिङ १३.९८, व्यापार ७.७२, होटल ७४.२३, जलविद्युत् १६.४८, उत्पादन ११.५५, लघुवित्त २२.८८, जीवन बीमा ७६.८८ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज नेपाल इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ७० लाख ६३ हजार ५३० बराबरको कारोबार भयो ।

नेको इन्सुरेन्स रु ६ करोड १३ लाख ८४ हजार ३२७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु ४ करोड ५२ लाख सात हजार २७५, ज्योति विकास बैंक रु ४ करोड ४० लाख ४२ लाख ९४५, गरिमा विकास बैंक रु ३ करोड ८० लाख ७९ हजार ४२९ र प्रभु बैंकको रु ३ करोड ७५ लाख ६२ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६२, नेशनल हाइड्रोपावर ८.४७, नयाँ नेपाल हाइड्रो ६.४०, ज्योति विकास बैंक ५.२४ र विजय लघुवित्तका शेयरधनीले ५.०५ प्रतिशतले कमाए ।

यस्तै मिथिला लघुवित्त ५.२३, मल्टिपर्पाेज फाइनान्स ४.८२, महिला सहयात्रा माइक्रोफाइनान्स ४.४५, बुटवल पावर कम्पनी ४.०४, सानिमा बैंकको ऋणपत्र ३.९१ र सोल्टी होटलका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : २१ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै