आज आंशिक बदली, भोलि र पर्सी वर्षा हुने सम्भावना (तीन दिनको माैसमको पूर्वानुमानसहित) « Khabarhub

आज आंशिक बदली, भोलि र पर्सी वर्षा हुने सम्भावना (तीन दिनको माैसमको पूर्वानुमानसहित)


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

माैसमी प्रणाली सक्रिय नभए पनि महाशाखाले  देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आज आंशिक बदली  हुने जनाएको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज केही स्थानमा आंशिक बदली रहेपनि वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको हो । भोलि र पर्सी भने सामान्य वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २२ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

माघ २३ गते (बिहीबार)

दिउँसोः देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागका सामान्यतया सफा रहने छ । देशको पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

माघ २४ गते (शुक्रबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागका आंशिक बदली रहने छ। देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भू-भागका केहि स्थानहारुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकि भू-भागका आंशिकदेखि सामान्य बदली रहने छ।

देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भू-भागका केहि स्थानहारुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ६ : २४ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड