नेपालको कसिलो बलिङ, ओमानले गुमायो पाँचौं विकेट « Khabarhub

नेपालको कसिलो बलिङ, ओमानले गुमायो पाँचौं विकेट


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको पाँचौं विकेट लिएको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले १८ दशमलव ६ ओभरमा पाँचौं विकेट गुमाएको हो ।

नेपालका लागि सुशन भारीले १ बलको फरकमा लगातार २ विकेट लिए ।

नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरे ।

ताजा अवस्थामा ओमानले १९ ओभरमा ५ विकेट गुमाएर ५७ रन जोडेको छ ।

लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो ।

त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ०३ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण