एनटीसीको एउटा डाटा प्याक अब ६ महिनासम्म चलाउन पाइने « Khabarhub

एनटीसीको एउटा डाटा प्याक अब ६ महिनासम्म चलाउन पाइने


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर डाटा र भ्वाइस प्याकमा नयाँ अफर सार्वजनिक गरेको छ ।

जसअनुसार अब नेपाल टेलिकमको डाटा प्याक एक पटक किनेपछि ६ महिनासम्म चलाउन पाइने भएको छ । एनटीसीले ६ महिना (१८० दिन)सम्म चलाउन मिल्ने गरी ३ हजार रुपैयाँमा ६९ जीबीको डाटा प्याक उपलब्ध गराउने भएको छ ।

यस्तै, ३ महिना (९०) दिनसम्म चलाउन मिल्ने गरी १ हजार ६ सय रुपैयाँमा ३० जीबी डाटा प्याक पनि खरिद गर्न मिल्ने भएको छ ।

एनटीसीले विभिन्न दरका रिचार्ज कार्ड किन्दा डाटा भोल्युम बोनस पाउने सुविधा पनि ल्याएको छ । जसअनुसार एनटीसीका प्रयोगकर्ताले २०० रुपैयाको रिचार्ज कार्ड किन्दा २०० एमबी डाटा बोनस पाउनेछन् भने ५ सय रुपैयाँको रिचार्ज कार्ड किन्दा ५०० एमबी नै डाटा प्याक बोनसमा पाउनेछन् । यस्तै, १००० रुपैयाँको रिचार्ज कार्ड किन्दा १००० एमबी डाटा बोनसमा पाइने भएको छ ।

रिचार्ज कार्डमा डाटा बोनस प्राप्त गर्ने स्किम भने २२ देखि २४ माघसम्म मात्रै लागू हुने छ । तर, १६ वार्षिकोत्सवका लागि जारी भएका अन्य योजना भने आगामी चैत ३० गतेसम्म लागू हुने छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु