बलिउड निर्देशक प्रकाश झाले निफमा मास्टर क्लास दिने « Khabarhub

बलिउड निर्देशक प्रकाश झाले निफमा मास्टर क्लास दिने


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा बलिउड निर्देशक प्रकाश झाले प्रशिक्षण दिने भएका छन् । फेस्टिभलमा मुख्य निर्णायकका रुपमा नेपाल आउन लागेका झाले फिल्म निर्देशन सम्बन्धी प्रशिक्षण दिने भएका हुन् ।

आयोजक निफका अनुसार निर्देशक झाले फागुन ३ गते प्रशिक्षण दिनेछन् । झाले भारतमा ७ वटा राष्ट्रिय अवार्ड जितेका छन् । उनी लेखक, निर्माता तथा निर्देशकका रुपमा पनि परिचित छन् ।

यतिबेला फिल्मको शूटिङमा व्यस्त झा नेपाल आउने तयारीमा रहेको किम्फले जनाएको छ । झाले निर्देशन गरेका ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ लगायतका फिल्म चर्चित छन् ।

फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने फेस्टिभलमा प्रकाश झासँगै हलिउडका निर्माता, लेखकले पनि कक्षा दिनेछन् ।

५ दिनसम्म चल्ने फेस्टिभलमा नीर शाह निर्देशित फिल्म बासुदेव प्रदर्शन गरिनेछ । साथै फिल्म हेरेपछि छलफल कार्यक्रम पनि राखिनेछ ।

नीर शाहसँगै लेखक ध्रुवचन्द्र गौतम, हरिहर शर्मा र सोफिया उपाध्यायले छलफलमा सहभागिता जनाउनेछन् ।

आयोजकका अनुसार अभिनेता राजेश हमालले पनि आफ्नो फिल्मी यात्राका आरोह अवरोहका बारेमा सुनाउनेछन् ।

फेस्टिभलमा ८० फिल्म प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय फिचर फिल्म, ३५ सर्ट फिल्म, ५ नेपाली फिचर फिल्म, १५ नेपाली सर्ट फिल्म, ८ डकुमेन्ट्री र ६ एनिमेटेड फिल्म प्रस्तुत गरिनेछन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : ३४ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन