सर्वोच्च अदालतद्वारा मुद्दा फर्छ्योटमा नयाँ व्यवस्था « Khabarhub

सर्वोच्च अदालतद्वारा मुद्दा फर्छ्योटमा नयाँ व्यवस्था


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतमा मुद्दाको बढ्दो कार्यबोझको सम्बोधन तथा पुराना मुद्दाहरुको फर्छ्योटलाई प्रभावकारी बनाउन पेसी व्यवस्थापनको कार्य प्रारम्भ गरिएको छ ।

सर्वोच्च अदालत नियमावली र न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना लक्ष्यमा पुग्ने मुद्दा/रिटको सुनुवाईका लागि दुई चरणको पेशी व्यवस्थापको अभ्यास सुरु गरिएको हो ।

न्यायपालिकाको सरोकारवाला निकाय महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायतका नियकायहरुसँगको छलफल परामर्शपछि पेसी व्यवस्थापनको कार्य प्रारम्भ सुरु गरिएको हो ।

जस अनुसार प्रत्येक कार्यदिनको बिहान १० बजेदेखि दैनिक पेसी सूचीको माध्यमबाट पेसीमा चढ्ने (पुरक पेसी) मुद्दा/निवेदनहरुको सुनुवाइ हुने व्यवस्था गरिएको छ ।

यसैगरी अतिरिक्त समयमा हुने सुनुवाईको लागि पुरक पेसीको छुट्टै पेसी सूची प्रकाशन गर्ने र नियमित समयमा सुनुवाई हुने मुद्दाको पेसी सूची नियमित समयमा प्रकाशन गर्ने, पुरक पेसीमा रहेका मुद्दा/निवेदनहरुको सुनुवाई विहान ११ः३० बजेसम्म गर्ने र त्यसपछि नियमित पेसी सूचीमा रहेका मुद्दा/रिटहरुको सुनुवाई ११ः३० बजेदेखि गर्ने व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

यसका लागि नियमित इजलासको र कार्यालय समय विस्तार समेत गरिएको छ ।

यसबाट अदालतमा पुराना मुद्दाहरुको छिटो छरितो फछर्यौट र न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतकि योजनाको पुराना मुद्दाहरुको फर्छयौट सम्बन्धी लक्ष्यलाई दृष्टिगत गरी पुराना मुद्दाहरुको छिटो किनारा लगाउन त्यस्ता मुद्दाहरुलाई पुरक रुपमा पेसीमा राखी फछर्यौट गर्ने सम्मको तयारी भएको छ ।

यसरी दुई चरणमा पेशीको व्यवस्थापन गर्दा मुद्दा फछर्यौटमा उत्साहजनक उपलब्धी देखिएको सर्वोच्चले जनाएको छ ।

यसरी दुई चरणमा पेस व्यवस्थापन गर्दा विगतमा नियमित मुद्दामा पर्न गएको असरलाई न्यूनिकरण गरी मुद्दाको फछर्यौट गर्न सहज हुने देखिएको छ ।

सर्वोच्च अदालतले यसको प्रभावकारी कार्यान्वयनका लागि महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएशन, मिडिया लगायतका सबै सरोकारवाला निकायको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ५ : ५७ बजे

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला