चीनबाट फर्काइनेलाई भक्तपुरमा राख्ने भनिएपछि स्थानीयले गरे विरोध | Khabarhub Khabarhub

चीनबाट फर्काइनेलाई भक्तपुरमा राख्ने भनिएपछि स्थानीयले गरे विरोध


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सरकारले चीनमा रहेका नेपालीहरुलाई ल्याउनका लागि तयारी तीब्र बनाए पनि उनीहरुलाई ल्याएर राख्ने ठाउँको टुंगो नलाग्दा त्यहाँ रहेका नेपालीहरु उद्दारको प्रतिक्षामै छन् ।

उनीहरुलाई राख्ने सुरक्षित ठाउँको लागि सरकारले केही दिनदेखि विभिन्न सम्भावित ठाउँको अवलोकन गरिरहेको छ ।

सरकारले उनीहरुलाई ल्याएर काठमाडौंको भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने विषयमा समेत छलफल गरिसकेको छ । त्यहाँको वस्तुस्थिति र त्यहाँ राख्दा हुन सक्ने सुरक्षालाई मध्यनजर गरेरमा मात्र सो ठाउँमा चीनबाट ल्याइनेहरुलाई राख्ने बताइरहँदा भक्तपुरका स्थानीयले भने आक्रोश पोखेका छन् ।

कोरोना भाइरसको संक्रमणले चीन आक्रान्त बनिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न स्थानीयले माग गरेका हुन् ।

उनीहरुले बुधबार विरोध प्रदर्शन समेत गरेका छन् । कालो झण्डा र नारासहित स्थानीले नगरपालिका घेराउ  समेत गरेका थिए ।

उनीहरुले चीनबाट ल्याउन लागिएका नेपालीलाई बस्ती माझमा नभएर अन्यत्रै सुरक्षित स्थानमा राख्न ज्ञापन पत्र बुझाएका छन् । प्रदेश संसाद कृष्णलाल भडेलले चीनबाट ल्याउन लागेका नेपालीलाई मानव बस्ती माझको स्थान चयन गर्नु गलत हुने तर्क गरे ।

चीनबाट ल्याउन लागिएका १८० जना नेपालीलाई १४ दिन स्वास्थ निगरानीमा राखिने छ । उनीहरुलाई विमानस्थलमा पनि उच्च सुरक्षा चेकजाँच पछि मात्र तोकिएको स्थानमा लगिनेछ । चीनमा रहेका नेपालीहरुलाई ल्याउनका लागि दुई वटा विमान समेत तयारी अवस्थामा राखिएको जनाइएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय नाघिसकेको छ । दुई दर्जन भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको र २० हजार भन्दा बढी संक्रमित रहेको विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : २२ बजे

विकासका काममा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर

लिची धेरै नखानुहोस्, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

काठमाडौं– ग्रीष्मकालीन फल लिचीको स्वाद निकै मिठो हुन्छ । त्यसैले सबै

शौचालयमा लडेर एक भारतीय पर्यटकको मृत्यु

भरतपुर– मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर

देउवाले डाके कांग्रेस पदाधिकारी बैठक, क्रियाशील सदस्यतासँगै लेखकबारे पनि छलफल हुन सक्ने

काठमाडौं– क्रियाशील सदस्यता टुंगो लगाउन भोलि नेपाली कांग्रेसको पदाधिकारी बैठक

बाढीपहिरो पीडितका लागि इन्द्रेणीले दिएको रकम पालिका अध्यक्षको खाताबाटै गायब

सुर्खेत– बाढीपहिरो पीडितका लागि इन्द्रेणी फाउण्डेसनले दिएको राहत रकम कालिकोटको नरहरिनाथ