कलंकीमा टिपरको ठक्करबाट दुई युवाको ज्यान गयो « Khabarhub

कलंकीमा टिपरको ठक्करबाट दुई युवाको ज्यान गयो


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

टिपरले ठक्कर दिएपछि मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । तर उपचारको क्रममा उनीहरुको ज्यान गएको छ ।

बल्खुबाट स्वयम्भुतिर तर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको टिपरले राति साढे १२ ठक्कर दिएको थियो ।

ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीका अनुसार मोटरसाइकललाई ठक्कर दिने टिपरको खोजी भइरहेको छ । ठक्कर दिएर भागेको टिपरको नम्बर अध्योका कारण प्रस्ट नभएपनि नियन्त्रणमा लिएर छोड्ने कार्कीले बताए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ११ : १३ बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७